अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने शिक्षकहरुको निर्णय,विद्यार्थीहरू निराश,यस्तो छ कारण

समाचार

चार महिना लामो बन्दपछि खुलेका विद्यालय फेरि बन्द हुने अवस्थामा पुगेपछि विद्यार्थीहरू निराश भएका छन् । आज मङ्गलवारदेखि डोटीकोे जोरायल गाउँपालिकामा रहेका विद्यालय फेरि बन्द हुन लागेका हुन् ।पालिकाभरका शिक्षक, लेखापाल र परिचरले तोकिएको तलब नपाएको भन्दै शिक्षकहरूले विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका हुन् । यसैगरी शिक्षक सङ्घर्ष समितिले आफ्नो माग पूरा नभए पालिकाभरिका विद्यालयमा र गाउँपालिकामा समेत तालाबन्दी गर्ने निर्णय गरेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

सङ्घर्ष सतितिका अध्यक्ष तथा शिक्षक प्रकाश थापाका अनुसार सङ्घीय सरकारबाट छुट्याइएको १५ हजार रुपैयाँ तलब गाउँपालिकाले नदिएको भन्दै उनीहरूले आफ्नो माग पूरा नभएसम्म विद्यालय सञ्चालन नगर्ने माग राख्दै विद्यालयमा पठनपाठन पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

‘साथीहरूले तलब पाएका छैनन्, तलब पाउनका लागि बाध्य भएर पढाइसहित विद्यालय बन्द गर्दैछौँ, माग चाँडो सुनुवाइ होस् ’ उनले भने ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

तलबबारे गाउँपालिकासँग पटक–पटक छलफल गर्दा स्रोत नभएको र जतिसक्दो चाँडो स्रोत जुटाएर तलब दिने आश्वासनमात्र दिएका कारण बाध्य भएर पठनपाठनमा अवरोध गर्नुपरेको नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक तथा जोरायल शिक्षक महासङ्घका सह–अध्यक्ष उमेश कुमार साउँदले बताए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *