काठमाडौं आउँदै गरेको बस दुर्घटनाग्रस्त,९ जना घाइते, चारको अबस्था गम्भीर

समाचार

कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा यात्रुबाहक बस र विङ्गर ठोकिँक्दा नौ जना यात्रु घाइते भएका हुन् । रुकुमबाट काठमाडौंतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो । बा ४ ख २४४८ नम्बरको बस र लु १ ज ३००६ नम्बरको विङ्गर मंगलवार विहान ५ः३० बजे ठोकिँक्एका थिए ।पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

दुर्घटनामा परी नौ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले जानकारी दिनुभयो । प्रहरीका अनुसार घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।गम्भीर घाइते हुनेमा विङ्गर चालक बाणगंगा नगरपालिका ८ का वर्ष २३ का सुदन क्षेत्री र नाम नखुलेका सहचालक पनि रहेका छन् ।पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

यसै गरी बसमा सवार रुकुमका वर्ष २४ का पवन घर्ती मगर र वर्ष २३ का अर्जुन बुढा मगर अवस्था समेत गम्भीर अवस्थामा रहेका छन् । उहाँहरुलाई थप उपचारको लागि बुटवल लगिएको कार्कीले बताउनु भयो । सामान्य घाइतेकोको कपिलवस्तु सामुदायीक अस्पतालमा उपचार भइरहेको छ । पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *