स्कुल खाेलेको केही दिनमा नै विद्यार्थीमा को-रोना देखिएपछि खैलाबैला,तत्कालै स्कुल बन्द गरिदै!

समाचार

स्कुल खाेलेको केही दिनमा नै विद्यार्थीमा को-रोना देखिएपछि खैलाबैला, तत्कालै स्कुल बन्द गरिदै !  यहाँको एक विद्यालयका दुई छात्रामा को-रोना सङ्क्रमण पुष्टि भएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।स्याङ्जाको चापाकोट नगरपालिका–६ स्थित साँखर मोहमी माध्यमिक विद्यालयमा लामो समय बन्द भएको विद्यालय खुलेको १५ दिनमै कक्षा ९ मा अध्ययनरत एक छात्रामा ज्वरो, रुघाखोकीलगायत लक्षण देखिएपछि विद्यालय समयमै नजिकै रहेको स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्दा को-रोना पुष्टि भएको विद्यालयका प्रधानाध्यापक दीपक बस्ताकोटीले जानकारी दिनुभयो ।

`कक्षा ९ मा अध्ययनरत एक छात्रामा ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्नेलगायत लक्षण देखिएकाले नजिकैको स्वास्थ्य चौकीमा को-रोना परीक्षण गर्याै´, प्रअ बस्ताकोटीले भन्नुभयो, `ती छात्रामा को- रोना पुष्टि भएपछि उनीसँगै बसेका अन्य १० जना छात्र-छात्राको पनि एन्टिजेन परीक्षण गर्दा थप एक छात्रामा को- रोना पुष्टि भएको हो ।´

दुई छात्रामा को-रोना पुष्टि भएपछि अन्य विद्यार्थीमा सङ्क्रमण फैलिन नदिनका लागि विद्यालय व्यवस्थापन समिति र चापाकोट नगर शिक्षा समितिको निर्णयबमोजिम तीन दिन विद्यालय बन्द गरिएको प्रअ बस्ताकोटीले बताउनुुभयो । आगामी शुक्रबारदेखि विद्यालय सञ्चालन गर्ने र गेटमै ज्वरो परीक्षण गरी लक्षण देखिएका विद्यार्थीको एन्टिजेन परीक्षण गर्ने तयारी भइरहेको चापाकोट नगर शिक्षा शाखा प्रमुख दुर्गा न्यौपानेले जानकारी दिनुभयो ।

चापाकोटमा भदौ २७ गतेदेखि विद्यालय सञ्चालनमा आएका छन् । अन्य विद्यालयमा यस्तो समस्या नदेखिएकाले पठनपाठन कार्य नियमित सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख न्यौपानेले बताउनुभयो । चापाकोट नगरपालिकाभित्र ४५ सामुदायिक र सात संस्थागत विद्यालय सञ्चालनमा छन् । को-भिड सङ्क्रमण देखिएको साँखर मोहमी माविमा कक्षा १ देखि १० सम्म कूल १७० जना छात्रछात्रा अध्ययनरत छन् ।काेराे-ना भा- ईरस (काे-भिड – १९)बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *