सरकारले १० दिने सार्वजनिक विदा कार्यान्वयनमा ल्याउने?

समाचार

काठमाडौं। सरकारले दिने भनेको १० दिने सार्वजनिक विदा कार्यान्वयनमा ल्याउन माग गरिएको छ ।होटल तथा पर्यटन व्यवसायीहरुले कर्मचारीहरुलाई प्रदान गरिने भनिएको १० दिने काज भ्रमण बिदा यथाशीघ्र कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेका हुन् ।आइतबार विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै होटल संघ नेपाल (हान) ले यस्तो माग गरेको हो ।पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

संघमा आवद्ध पर्यटन व्यवसायीहरुले कोभिड–१९ ले थलिएको पर्यटन उत्थानका लागि पनि १० दिने काज भ्रमण अपरिहार्य भएको बताउँदै कार्यान्वयनमा पहल गर्न सरकारसँग आग्रह गरेका हुन् ।सरकारद्धारा घोषित १० दिने भ्रमण काजसँगै अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था अबिलम्ब लागू गर्नुपर्ने व्यवसायीहरु बताउँछन् ।

सो अवसरमा व्यवसायीहरुले लामो समयसम्म थला परेको पर्यटन विशेष गरी होटल उद्योग हाल नेपाल सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिषा उपलब्ध गराउने निर्णयको स्वागत पनि गरेका छन् ।सरकारले सीमा नाका खोल्ने, क्वारेन्टिन बस्नु नपर्नेजस्ता प्रावधान हटाएकोमा होटल व्यवसायीहरु उत्साहित छन् । पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *