नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित,यति धेरैकाे मृ-त्यु!

समाचार

असाेज ११ गते। नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैकाे मृ-त्यु! केही दिनयताको तथ्यांक हेर्दा को-रोना संक्रमितबाट मृ- त्यु हुनेको संख्या पनि घट्दाे क्रममा देखिएको छ।पछिल्लो २४ घण्टामा १,२८२ जनामा को-रोना भाइरस संक्रमण पुष्टि भएको छ। १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा को-रोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार थपिएसँगै नेपालमा को-रोना संक्रमितको कुल संख्या ७ लाख ९२ हजार ३६७ पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ जना रहेका छन् । जसमध्ये १७ हजार ५३५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३१३ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

को- रोनाका बिरामीमध्ये ३८५ जना आईसीयू र १२५ जना भेन्टिलेटरमा उपचाररत् छन्। यस्तै २५६ जना क्वारेन्टिनमा रहेका छन्। यस्तै पछिल्लो २४ घण्टामा को-रोना संक्रमणबाट ७ जनाको मृ-त्यु भएको छ भने १ हजार २६२ जना निको भएका छन्। यो सँगै नेपाल मृ- त्यु हुनेको संख्या ११ हजार १०१ पुगेको छ भने ७ लाख ६२ हजार ४१६ जना संक्रमणमुक्त भएका छन्।

काठमाडौं उपत्यकामा थप ३९४ को- रोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २८५, ललितपुरका ६६ र भक्तपुरमा ४३ जनामा को- रोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै काठमाडौं उपत्यकामा ४५२२ सक्रिय संक्रमित छन् जसमध्ये काठमाडौंमा २५४८,ललितपुरमा ११५२ र भक्तपुरमा ८२२ सक्रिय संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *