कोभिड बिरुद्धको खोप लगाउनुभएको छैन भने भर्खर आयो यस्तो चेतावनी

समाचार

ताप्लेजुङ : ताप्लेजुङ प्रशासनले को’भिड-१९ विरु’द्धको खोप लगाउन अ’स्वीकार गर्नेलाई हिरा’सतमा राख्न सक्ने समेतको चेतावनी दिएको छ । को’भिड-१९ नियन्त्रण तथा सं’कट व्यवस्थापन जिल्ला समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले खोप लगाउन योग्य व्यक्तिले खोप लगाउन अस्वीकार गरेमा संक्रामक रोग निवारण ऐन अनुसार ‘एक्सन’मा जाने बताए ।

‘सबै कुराले खोप लगाउन योग्य भएको तर खोप लगाउन अस्वीकार’ गरेको अवस्थामा हिरासतमा लिनेसम्म योजना बनाउने प्रशासनले जनाएको छ। जिल्लामा १८ वर्षमाथिका नागरिकलाई अनिवार्य खाेप लगाउन भनिएकाे छ। ताप्लेजुङमा पर्याप्त मात्रामा खोप आइ सकेको र खोप लगाउन योग्य सबैलाई आआफ्नो पालिकाका खोप केन्द्रमार्फत खोप लगाउन अनुरोध गरिसकिएकोले अब खोप लगाउन कसैले पनि अस्वीकार गर्न नहुने पाण्डेले बताए ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायका अनुसार ९ असोजदेखि १८ सम्म पालिका स्तरमा खोप अभियान सुरु भएको छ । जसअनुसार ९ देखि १३ असोजसम्म सिदिङ्वा गाउँपालिका, सिरिजंगा गाउँपालिका, मिक्वाखोला गाउँपालिका, फक्ताङ लुङ गाउँपालिका र मेरिङ्देन गाउँपालिकाका सबै खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ ।

१०देखि १४ असोजसम्म फुङ्लिङ नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाका खोपकेन्द्रमार्फत खोप बितरण गर्ने कार्यतालिका छ।१४ देखि १८ असोजसम्म आठराइ त्रिबेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाका खोप केन्द्रमार्फत खोप लगाइने छ। स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार ६१ हजार बढी डोज भेरोसेल खोप आइपुगेको छ । ‘खोप लगाउन मिल्ने १८ वर्ष माथिका नागरिक अभियानबाट नछुटुन’भन्ने उद्देश्य सहित खोप अभियान सञ्चालन गर्नेगरी खोप वितरण कार्य तालिका बनेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *