कपनको ढलमा बेपत्ता बालकको शव ललितपुरमा भेटियो

समाचार

काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता भएका बालकको शव पाँच दिनपछि ललितपुरको महांकाल गाउँपालिकास्थित वाग्मती नदी किनारमा फेला परेको छ ।काठमाडौं महानगरपालिका–६ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेका १० वर्षीय उज्ज्वल विक गत मंगलबार रातिदेखि बेपत्ता थिए। प्रहरीले खिचेको फोटोमा परिवारले बालकको शव

पहिचान गरेको महानगरीय प्रहरी प्रभाग कपनकी प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिइन्।‘परिवार पुग्दै छ। उताबाट आएको फोटो पछाडिबाट खिचिएको थियो, त्यसैका आधारमा परिवारले उज्ज्वलकै शव भएको भनेका छन्,’ उनले इकान्तिपुरसँग भनिन्, ‘शव सडेगलेको अवस्थामा भेटिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *