असाेज १३ गते देशभर सार्वजनिक बिदा को घोषणा

समाचार

काठमाडौं । महिला कर्मचारीहरुका लागि आउँदो असोज १३ गते बुधवार सार्वजनिक बिदा हुने भएको छ । उक्त दिन जितिया पर्व मनाउने महिला कर्मचारीहरुका लागि मात्र बिदा हुने भएको हो ।***** यो समाचार को पुरा जानकारी हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सरकारले नेपाल राजपत्रमा नै उल्लेख गरि उक्त दिन बिदा दिने जनाएको छ । जितिया पर्व थारु महिलाहरुको एउटा महान सांस्कृतिक पर्व हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् । ***** यो समाचार को पुरा जानकारी हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

महिलाहरु संगसंगै पुरुषहरु पनि सक्रिय हुनुपर्ने भएकोले यस पर्वलाई महिलाहरुको मात्र नभई महिला–पुरुष सबैको साझा पर्व भन्न सकिन्छ । जितिया पर्व ठाउँ अनुसार केही फरक तरिकाले मनाईन्छ । पूर्वी तराईमा विवाहित महिलाहरु मात्र ब्रत बस्छन् । ***** यो समाचार को पुरा जानकारी हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

तर, चितवन र यस आसपासका जिल्लाहरुमा विवाहित र अविवाहित सबैले समान रुपमा ब्रत बस्दछन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाईन्छ ।***** यो समाचार को पुरा जानकारी हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *