काठमाडौमा घर छ भने भर्खर सरकारले जारी गर्यो यस्तो सूचना।भाडामा बस्नुभएका हरुले पनि अनिवार्य थाहा पाउनुहोला

समाचार

काठमाडौं । काठमाडौका घरभेटीका लागि प्रहरीले जारी गर्यो यस्तो सूचना, चाडपर्व नजिकिएसँगै प्रहरी सकृयता पनि बढेको छ । काठमाडौमा सर्वसाधारणको चहल पहल छ भने सवारी साधन पनि भरीभराउ छन् ।दशैं तिहार छड लगायतका हिन्दुहरुले मान्ने ठूला चाड पर्व नजिकीएका कारण काठमाडौमा बसेकाहरु घर फर्कन थालेका छन् । विदेशमा रहेका नेपालीहरु पनि घर फर्किएका कारण विमानस्थलमा पनि अत्याधिक चाप छ । प्रहरीले चाडपर्वको समयमा हुन सक्ने गैरकानुनी काममा नागरिकलाई सचेत हुन प्रहरीले सतर्क गराएको छ ।

चाडपर्व लक्षित सचेतना पर्चा जारी गर्दै प्रहरीले यो समय चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने भएकोले सचेत हुन आग्रह गरेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंले सचेतना पर्चा जारी गर्दै घरभेटीहरूलाई डेरावालको विस्तृत जानकारी लिन भनेको छ ।

पर्चामा आफ्नो घरमा डेरा गरी बस्ने व्यक्तिको नाम, थर, स्थायी ठेगानाका साथै फोटोसहित राख्न अनुरोध गरिएको छ । यस्तै, कुनै पनि टोलमा असामान्य व्यक्ति पटक(पटक देखिए निग्रानी राख्नसमेत प्रहरीले अनुरोध गरेको छ भने रातिको समयमा आफ्नो घर, टोलमा हिंड्ने व्यक्तिको गतिविधि शंकास्पद लागे पनि प्रहरीलाई खबर गर्न प्रहरीले भनेको छ । सूचना हेर्नुस:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *