पोखरामा छोरी ज्वाईसंग बस्दै आएकी महिला कुकुरसंगै झु ण्डि एको भेटिइन्

समाचार

काठमाडौ । कास्कीको पोखरामा एक जना महिला रूखमा झु न्डि एको अवस्थामा भेटिएकी छिन् । उनले पाल्दै आएको कुकुर पनि उनीसंगै देखिएको हो । गुल्मी घर भई पोखरा बस्ने ५५ वर्षीय कोपिला राना सोमबार पोखरा-२१, फुस्रेखोलामा मृ त भेटिएकी हुन् ।

गुल्मीको चन्द्रकोट गाउँपालिका-१, शान्तिपुर घर भएकी राना पोखरा-१७, छोरेपाटनमा छोरी–ज्वाइँसँग बस्दै आएकी थिइन् । आइतबार राति ९ बजेदेखि सम्पर्कविहीन भएकी उनी खोज्ने क्रममा सोमबार बिहान मृ त भेटिएकी हुन् ।

उनले पाल्दै आएको कुकुर पनि झु न्डि एको भेटिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए । ‘पहिला कुकुरलाई झु न्डा एको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रारम्भिक अनुसन्धानमा श री रमा कुनै चो ट नभएका कारण प्रहरीले यस्तो अनुमान गरेको हो । उनको श व पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको छ

हमालका अनुसार सोमबार बिहान स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए। खबर लगत्तै बैदामबाट डिएसपी चिनिमाया तामाङ नेतृत्वको ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएका थिए। त्यो स्थानमा उनी बेलाबेला गइरहने खुलेको प्रहरीले जनाएको छ। उनले पालेको २ वटा बाख्रालाई सो ठाउँमा चराउन गइरहने प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *