आजबाट मुलुकभर को,रोनाबिरुद्धको खोप लगाइँदै, कुन जिल्लामा कुन उमेर समूहले पाउँछन?पूरा विवरण सहित हेर्नुहोस्

समाचार

आजबाट मुलुकभर को,रोनाबिरुद्धको खोप लगाइँदै, कुन जिल्लामा कुन उमेर समूहले पाउँछन ? पूरा विवरण सहित हेर्नुहोस्। काठमाडौं । सरकारले आजबाट कोरोना भाइरसबिरुद्धको पहिलो डोज खोप दिने भएको छ । आजबाटआजबाट ११ दिनसम्म चल्ने अभियानमा को,रोनाबिरुद्धको भेरोसेल खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो अभियान असोज १५ गतेसम्म रहने छ । यो पटकको खोप अभियानमा विभिन्न जिल्लालाई तोकेर चार उमेर समूहमा विभाजन गरि खोप दिइने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनु भयो ।जसमा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई उपलब्ध गराइने अधिकारीले बताउनुभयो ।

काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी नागरिकलाई र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ । त्यसैगरी काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप उपलब्ध गराइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तैगरी अन्य बाँकी ५८ जिल्लाहरु मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने बताइएको छ ।साथै यसअघि छुटेका अग्रपङ्क्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई खोप दिइनेछ । यो पटक पहिलो डोज खोप लगाउने नागरिकहरुले दोस्रो डोज खोप कात्तिक ४ देखि १४ गतेसम्म लगाउने व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *