बजेट होलिडे: दसैंमा निजामती कर्मचारी,शिक्षक,सेना र प्रहरीको तलब…..?

समाचार

काठमाडौं। दलहरुबीचको विवादले बजेट होलिडेको अवस्थामा पुग्दा निजामती कर्मचारी, शिक्षक, नेपाली सेना र प्रहरीले तलब नपाउने अवस्था सिर्जना भएको छ। अझ दसैंको पूर्वसन्ध्यामा भएको यो विवादले भत्ता वितरण समेत अन्योलमा परेको छ।खर्च गर्न नपाउने भएपछि पेन्सन निकासा समेत हुँदैन। सरकारले दसैंको केही दिन अघि नै तलब र एक महिनाको अतिरिक्त भत्ता कर्मचारीलाई दिने गर्थ्यो।योसँगै सरकारले प्रतिस्थापन विधेयकमा रोजगारी गुमाउने पाँच लाख परिवारलाई १० हजार रुपैयाँ दसैं अघि नै वितरण गर्ने योजना पनि प्रभावित हुने देखिन्छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि:नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भीर आरोप लगाएका छन् । अर्थमन्त्री शर्माले प्रतिस्थापन विद्येकमार्फत अर्बौंको सेटिङ मिलाएर भ्रष्टाचार गर्न लागेको आरोप लगाए ।‘अर्बौको खेल भइसक्यो, सेटिङ होइन भन्ने ठाउँ छैन, यो कुरा सबैले भनिसकेका छन्ु, ओलीले भने, ुकतै भन्सार छुट भनेएको छ, कतै अन्य शुल्कमा छुट दिइएको छ । यो बेलामा आएर करका दरहरू किन हेरफेर गर्नुपर्ने थियो ?’शनिबार नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका हुन् । उनले सरकारले स्पन्ज आइरनमा शून्य भन्सारदर लागू गरिएको व्यवस्थाप्रति इंगित गर्दै यस्तो दाबी गरेका हुन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *