बसको ठक्करबाट २४ वर्षीय सन्तोषको मृत्यु,सुजीता गम्भीर घाइते

समाचार

दोलखाको भीमेश्वर नगरापालिका–७ मकैबारीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान जानेमा मोटरसाइकलमा सवार दोलखा कालिञ्चोक गाउँपालिका–९ का २४ वर्षीय सन्तोष थामी रहेको प्रहरी निरीक्षक अन्जन कोइरालाले बताउनुभयो । दुर्घटनामा परी भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावतीका ५० वर्षीया शारदा थामी र सोही स्थानका १९ वर्षीया सुजीता थामी घाइते भएका छन् । मोटरसाइकलमा तीन जना सवार रहेको र चालक थामीको मृत्यु भएको छ । घाइते दुई जनालाई थप उपचारका लागि काठमाडाँै लगिएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि:सरकारले सार्वजनिक संस्थानको आईपिओ जारी गर्ने भएको छ । बजेट प्रतिस्थापन विधयेक प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले सम्भाव्य सार्वजनिक संस्थानलाईआवश्यकताका आधारमा कम्पनी मोडलमा ल्याई पुंजीबजारमा सुचिकृत गराउने बताएका हुले यी संस्थानलाई कम्पनी मोडलमा लगेर पुंजीबजारमा सुचिकृत गर्दै आत्मानिर्भरबनाउदै थप पुंजी जुटाउने घोषणा गरेका हुन् । उनले घाटामा गएका सार्वजनिक संस्थानलाई ब्यबस्थापकिय सुधार गर्ने,खारेज गर्ने वा अन्य विकल्पमा लैजाने घोषणा गरेका हुन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *