आज (शुक्रबार) सोच्नै नसकिने गरी घट्यो सुनको भाउ,चाँदी पनि ओरालो

अर्थ व्यापार

काठमाडौँ । साताको छैटौँ दिन अर्थात आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ।बिहीबार (हिजो) तोलामा ७ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि तोलामा एकै दिन १४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो पनि प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ८८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९० हजार हजार रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज सुनको भाउ घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी १२ सय रुपैयाँमा कारोबार भएको थियो ।

लामो समयदेखिको कोरोना भाइरस (कोभिड १९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुने गरेको छ।कोरोनाका कारण भएका लकडाउन पछिल्लो समय खुल्दै गएको र नेपालीहरुका महान पर्वहरु दश, तीहारको रौनक सँगै सुन चाँदीको व्यापार पनि फट्टाउँदै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *