यो दिन हुनेभयो बिदा,सारा कर्मचारीलाइ अब दिइने भयो बिदा

समाचार

काठमाडौं । सरकारले असो ३ गते आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संविधान दिवसको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो । देशले इतिहासमै प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका पहिलो
प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२“लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो । २०७२ सालमा जारी भएको संविधानको रक्षार्थ सबै

दल मिलेर अगाडि बढ्नुपर्ने सरोकारवाला बताउँछन्।हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्या अनि पसिनाले ल्याइएको यस नेपालको संविधान २०७२ वास्तवमै फलदायी अनि शुभ सावित भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ द्वारा नेपाल विधि र गणतान्त्रिक शासनको पथमा अघि बढिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *