दशैको मुखैमा शिक्षक र कर्मचारीको तलब रोकिने,अरु क-कसको रोकिन्छ तलब?

समाचार

विनियोजन विधेयक पारित हुन नसक्दा आर्थिक सट डाउनको अवस्था सिर्जना हुन गई कर्मचारी, सांसददेखि प्रधानमन्त्रीसम्मको तलब रोकिएको छ।प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभामा अवरोध गरेपछि विनियोजन विधेयक पारित हुन नसक्दा बिहीबार(आज)बाट सरकारी खर्च गर्ने बाटो बन्द भएको हो । विनियोजन विधेयक पारित नहुँदासम्म सरकारलाई खर्च गर्ने बाटो बन्द भएको छ ।

ओली नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेशलाई देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याउँदा ६० दिनभित्र पास गरिसक्नुपर्नेमा बुधवार सो अवधि सकिएसँगै यो अवस्था आएको हो । अध्यादेश साउन ३ गतेको संसद् बैठकमा पेस भएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

नेकपा एमालेले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको र त्यसमा सभामुख अग्निप्रसाद सापकोटाले सहयोगी भूमिका खेलेको भन्दै संसद् अवरोध गर्दै आएको छ ।सत्ता र प्रतिपक्षबिचको राजनीतिक लडाइँले दलीय स्वार्थको बन्धक बन्दा मुलुकमा पहिलो पटक सरकारी खर्चै गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *