दु:खद खबर; नेपालमा आज फेरि ह्वात्तै बढ्याे काे-राेना संक्रमितकाे सङ्ख्या,कुन जिल्लामा कति संक्रमित थपिए?(हेर्नुहाेस् विवरण सहित)

समाचार

काठमाडौं । दु:खद खबर; नेपालमा आज फेरि ह्वात्तै बढ्याे काे-राेना संक्रमितकाे सङ्ख्या, कुन जिल्लामा कति संक्रमित थपिए ? पछिल्लो २४ घण्टामा १,५११ जनामा को-रोना भाइरस संक्रमण पुष्टि भएको छ ।११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५११ जनामा को-रोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा को-रोना संक्रमणबाट ११ जनाको मृ-त्यु भएको छ भने १ हजार ६८९ जना निको भएका छन् ।बिहीबार थपिएसँगै नेपालमा को-रोना संक्रमितको कुल संख्या ७ लाख ८१ हजार ९८९ पुगेको छ । योसँगै नेपाल मृ-त्‍यु हुनेको संख्या ११ हजार २ पुगेको छ भने ७ लाख ४५ हजार २१५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ जना रहेका छन् । जसमध्ये २४ हजार २२२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । को-रोनाका बिरामीमध्ये ४०७ जना आईसीयू र १२८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ४१ बालबालिकामा को-रोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७९ जना को-रोना संक्रमित थपिएका छन् ।कुन जिल्लामा कति संक्रमित थपिए? स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९३, मोरङमा १२०, ललितपुरमा ९८, कास्कीमा ९३, झापामा ८८ र सुनसरीमा ६१ जनामा को-रोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ५३, रुपन्देहीमा ४६, भक्तपुरमा ३९, मकवानपुरमा २५, बाँकेमा १७, जुम्लामा १५, सुर्खेतमा १३, काभ्रेपलाञ्चोकमा १२, कैलालीमा ११ र धनुषामा १० जनामा को-रोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।काेराे-ना भा-ईरस (काे-भिड–१९) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *