प्रधानमन्त्रीले राजीनामा दिँदै।देशभर चर्चाको विषय बन्यो यो खबर।

बिश्व समाचार

काठमाडौँ। प्रधानमन्त्रीले फेरि पार्टी नेतृत्वको चुनाव नलड्ने भन्दै राजीनामा दिए तयारी गरेका छन्।  जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा दिने भएका छन्। उनले फेरि पार्टी नेतृत्वको चुनाव नलड्ने बताएका छन् । उनले यही महिनाको अन्तिममा प्रधानमन्त्री पदबाट राजीनामा दिने संकेत गरेको बीबीसीले जनाएको छ।

एक वर्ष पहिलामात्र शिन्जो आबेले राजीनामा दिएपछि सुगा प्रधानमन्त्री बनेका थिए। सुगाले यस्तो घोषणा आफ्नो लोकप्रियतामा आएको कमीपछि गरेको बीबीसीले जनाएको छ। जापानमा अहिले पनि कोरोनाका कारण संकटकाल लगाइएको छ।

जापानमा कोरोनाको लहर रोकिएको छैन। १५ लाखभन्दा धेरै मानिस कोरोना संक्रमित भएका छन्। कोरोनाविरुद्धको खोप अभियान निकै सुस्त गतिमा छ। महामारीकाबीच ओलम्पिक खेल आयोजना गरेपछि सुगाको लोकप्रियतामा कमी आएको छ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार सुगाको लिबरल डेमोक्रेटिक पार्टी(एलडीपी)का महासचिबले शुक्रबार कार्यकारिणी समितिको बैठकमा सुगाले आफ्नो सम्पूर्ण ध्यान कोरोनामा लगाएको उनले बताएको जनाएका छन्। सत्तारुढ एलडीपीले २९ सेप्टेम्बरमा पार्टी प्रमुखका लागि चुनाव गर्दै छ। जसले पार्टीको नेतृत्व गर्छ सोही व्यक्ति प्रधानमन्त्री बन्ने सम्भावना धेरै हुन्छ।

त्यस्तै विश्वका प्रमुख नेताबारे गरिएको एउटा सर्वेक्षणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी रुचाइएका नेता बनेका छन् । २० जुन २०२१ मा प्रधानमन्त्री मोदी सर्वाधिक रुचाइएका नेतामा गणना भएको सर्वेक्षणले देखाएको हो । महामारीबीच मोदीको ‘एप्रोभल रेटिङ’ ६३ प्रतिशत रहेको पाइएको छ । यो दर विश्वका अन्य नेताको तुलनामा सबैभन्दा बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *