काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा आर्थिक अध्यादेश २०७८ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अर्थमन्त्री शर्माले आर्थिक अध्यादेशसँगै राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ र विनियोजन अध्यादेश, २०७८ समेत प्रस्तुत गर्नेछन्।सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक शुक्रबार प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेको हो।
बजेटमार्फत् मुख्य रुपमा ओली सरकारले राज्यको ढुकुटीमाथि अधिक भार पर्ने गरी घोषणा गरेका विभिन्न कार्यक्रम तथा आयोजनाको बजेट कटौती गरिने सत्तारुढ दलका नेताहरुको भनाइ छ। पूर्वतयारी नभएको र स्रोत पनि सुनिश्चित नगरी राखिएका कार्यक्रमलाई बजेटबाट हटाइनेछ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
यो पनि:विश्वकर्मा लोहार सेवा समितिले विश्वकर्मा पुजाको दिन सार्वजनिक बिदा दिन माग गरेको छ । समितिको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर बिदा दिन माग गरिएको समितिका सचिव विवेक शर्माले बताए । हिन्दुहरुले परापूर्व कालदेखी असोज १ गते विश्वकर्मा पुजा र आराधना गर्दै आएका छन् ।
‘कलकारखाना, सिल्पि समुदाय, उद्योगहरु, विश्वकर्मालाई कुलदेवता मान्ने जातीहरु, निर्माण व्यवशायी, इन्जिनियर लगायतले धुमधामका साथ मनाउने यो दिनलाई देशको विविधताको सौन्दर्य स्वीकार्दै सार्वजिक विदा दिन माग गरिन्छ’ विज्ञप्तिमा भनिएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****