टहरामा होटल चलाउने ३५ वर्षीया महिला पक्राउ!टहरामा यस्तो पो चल्दोरहेछ

समाचार

काठमाडौं, भदौ २६ । काठमाडौंमा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।गोकर्णेश्वर नगरपालिका-४ माकलबारीस्थित टहरामा तास खेलिरहेको अवस्थामा सोही टहरामा होटल संचालन गरी बस्ने खोटाङ घर भएकी ३५ वर्षीया लता राई समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।उक्त टहरामा राईले जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ६ सय ८५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ हजार ५ सय ८६ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ११ लाख १८ हजार २ सय १२ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने २५ जनालाई २ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने १ हजार २ सय ९३ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेट सहितको ४४ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार ९ सय ७३ जनालाई सचेत गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *