काठमाडौंं आउँदै गरेको सवारी दुर्घटना:एकको मृत्यु, चार जना गम्भीर घाइते

समाचार

काठमाडौंं आउँदै गरेको सवारी दुर्घटना : एकको मृत्यु, चार जना गम्भीर घाइते।मानेभन्ज्याङ गाउँपालिका-६ हिलेपानीमा आइतबार जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–२ ठूलाछापको निशंखेदेखि काठमाडौं आउँदै गरेको बा ११ च ५२१० नम्बरको जिप सडकदेखि ५० मिटर तल खसेको थियो ।घटनामा बाराका अन्दाजी ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो । जिपमा चालकसहित १० जना सवार थिए । त्यसमध्ये एक जनाको मृत्यु भएको र नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

घाइतेमध्ये एकजना नाबालक शिशुसहित चारजनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरीका डिएसपी गोविन्दराज काफ्लेले बताए । घाइतेहरूलाई हाल उपचारका लागि उदयपुरको घुर्मी पुर्‍याइएको छ ।गम्भीर घाइतेहरूलाई थप उपचारको लागि काठमाडौं लैजान हेलिकप्टरको लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ । डिएसपी काफ्लेसहितकोे टोली घटनाथस्थलमा गइरहेको र यसबारे पूर्ण विवरण आउन बाँकी छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *