पछिल्लो २४ घण्टामा थप ९११ जनामा संक्रमण पुष्टि,१३ जनाको नि’धन

समाचार

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ९११ जनामा को’रो ना भा’इरस सं’क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा को’रो ना सं’क्र मणबाट १३ जनाको मृ,त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस सँगै देशभर को’रो नाबाट ज्या’न गु’माउनेको जम्मा संख्या १० हजार ९४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर आरटी–पीसीआर र एन्टिजेन गरि ११ हजार १८ जनाको परिक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोग शालाहरुमा गरी ७ हजार ८७८ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। आरटी–पीसी आर विधिबाट गरिएको परीक्षणका क्रममा ८३८ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा ३१४० जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणका क्रममा ७३ जनामा को’रो ना सं’क्रमणको संकेत (एन्टिजेन पोजेटिभ) देखिएको हो। पछिल्लो २४ घन्टामा ५ हजार ४५५ जना को’रो ना संक्रमण मुक्त भएका छन् । यससँगै देशभर निको हुने सं’क्रमितको संख्या ७ लाख ३९ हजार ४५७ पुगेको छ । नेपाल संक्रमित निको हुने दर ९५ दशमलब १ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *