अब विद्यार्थीले पढन घर बाट बाबा आमा संग पैसा माग्नु पर्दैन:जनार्दन शर्मा

समाचार

काठमाडौं- सरकारले कक्षा १२ सम्मको विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ शुरु गर्ने भएको छ । प्रतिस्थापन विधेयक बजेटमा अर्थमन्त्री जनार्दन शर्माले यस्तो कार्यक्रम घोषणा गरेका हुन् ।शुक्रबार प्रतिनिधिसभामा पेश गरेको प्रतिस्थापन विधेयकमा प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ अघि सार्ने प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उल्लेख गरेको छ ।

सरकारका लोकप्रिय कार्यक्रम अन्तर्गत यस्तो कार्यक्रम ल्याईएको हो । उक्त कार्यक्रम सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा शुरुवात गर्ने विधेयकका उल्लेख छ ।विश्वविद्यालयहरुलाई पूर्वाधार विकाससहित अनुसन्धान केन्द्रको रुप्मा विकास गर्नुका साथै मुलुकको सबैभन्दा पुरानो त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्व झल्किने गरी पुरानै ढाँचामा पुनःनिर्माण गर्ने प्रबन्ध गरिने पनि प्रतिस्थापन विधेयकमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *