मान्छेको जस्तै दाँत भएको माछा फेला परेपछि विज्ञ परे छक्क

बिश्व समाचार

मानिसको दाँत जस्तो आकृति भएको माछा फेला परेपछि विज्ञहरु पनि छक्क परेका छन् । अमेरिकाको नर्थ क्यारोलिनामा मान्छेको जस्तै दाँत भएको एउटा दुर्लभ माछा फेला परेको बीबीसीले जनाएको छ । सो आश्चर्यजनक माछाको तस्बिर फेसबुकमा जेनेट पियरले पोस्ट गरेकी थिइन् ।अहिले सो तस्बिर विश्वभर भाइरल भएको छ । तस्बिर देखेपछि विज्ञहरुले यो ‘सीप्सहेड’ प्रजाति भएको पहिचान गरेका छन् । यसको मुख भेडाको जस्तै भएकाले यसलाई सिप्सहेडको नाम दिइएको छ ।

ह्यासट्यागसहित पोस्ट गरिएको यसको तस्बिरबारे सामाजिक संजालमा अधिक चर्चा पाएको छ । मानिसहरुले अनौठा प्रतिकृया दिएका छन् ।कति प्रयोगकर्ताले सो माछाको दाँत आफ्नो भन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् भने कतिले यसलाई कार्टुनको पात्र असली हुनेसँग पनि जोडेका छन् ।

यी पनि:कहिलेकाँही श्रीमान् श्रीमतिको खटपटले अनौठो रुप लिने गर्छ । एक यस्तै घटना भारतमा भएको छ । त्यहाँ एक महिला अर्कै सँग पोइल गएकी छिन् । उनका श्रीमान् भने श्रीमति फिर्ता चाहियो भन्दै ससुरालीमा गएर धर्ना बसेका छन् ।पश्चिम बंगालको बर्दवान जिल्लामा यो आश्चर्यजनक घटना सामने आएको हो । त्यहाँ एक जना लोग्नेमान्छे आफ्नी पोइल गएकी श्रीमति फिर्ता लिन धर्नामा बसिरहेका छन् । जबकि उनकी श्रीमतीले फेरि बिवाह गरेकी छन् ।

अब उनी आफ्नो पहिलो पतिसँग जान चाहन्नन् । घरेलु विवादका कारण, महिलाले पहिले आफ्नो पतिको घर छोडेकी थिइन् ।धर्नामा बसिरहेका अवनीश आरोप लगाउँछन् कि ऊ आफ्नी श्रीमतीलाई फिर्ता लिन पनि गएको थियो । तर उनका दोश्रो पतिका आफन्तहरूले उनलाई कु टे र उसकी श्रीमतिलाई लगे ।ऊ आफ्नी श्रीमतीको नयाँ घरमा गएको छैन । केही दिन अघि उनले आफ्नी श्रीमतीको दोस्रो बिवाहको खबर पाएको थियो । यो जानकारी पाउँदा अवनीश आफ्नी श्रीमतीको ससुराको घरमा पुगे र यहाँ धर्नामा बसे ।

उनले आफ्नो हातमा एक पोस्टर पनि लिएका छन्, जसमा यो लेखिएको छ कि म तिमीलाई धेरै माया गर्छु । अर्को बोर्डमा यो लेखिएको छ कि तिमी मेरो विरुद्ध झू टा आरोप लगाएर अर्कोको साथ किन गयौ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *