एकाएक यी दुई मन्त्रीद्वारा राजीनामाको घोषणा।को को बिदा हुने भए?

समाचार

धनगढी । नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका हुन् ।विगतमा माधव नेपाल समूहमा रहेका शाह र गहतराजले पार्टी विभाजनपछि एमालेमै रहेका छन् । बाजुराबाट निर्वाचित शाह ५ फागुन २०७४ मा तत्कालीन नेकपा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका थिए।

पार्टी विभाजनका बेला एमाले स्थायी कमिटिको बैठकको निर्देशन विपरीत शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए ।गत जेठमा एमाले माधव समूहले ३ जना मन्त्रीलाई फिर्ता बोलाएर ७ जना मन्त्री थपेको थियो । सो क्रममा उनी आर्थिक मामिला मन्त्री बनेका थिए भने गहतराज राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट फुटेर बनेको नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सुदूरपश्चिम प्रदेशसभाबाट थप एक सदस्यले सनाखत गराएका छन्।

नेकपा एमालेका १३ प्रदेशसभा सदस्य यसअघि नै नेकपा एकीकृत समाजवादीका पक्षमा खुलेका थिए भने सोमबार अर्का एकजना खुलेसँगै प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका सदस्य संख्या १४ पुगेको हो ।प्रदेशसभा सदस्य माया तामाङ बोहराले नेकपा एकीकृत समाजवादीका पक्षमा सोमबार सनाखत गराएकी हुन्। निर्वाचन आयोगले भदौ २२ गते साँझ ५ बजेसम्म विभाजन भएर बनेका नयाँ दलमा सामेल हुन चाहने प्रदेशसभा सदस्य तथा जनप्रतिनिधिलाई समय तोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *