प्रधानमन्त्रीमाथि ढुंगा प्रहार।यस्तो छ प्रधानमन्त्रीको अवस्था

बिश्व समाचार

काठमाडौँ । प्रदर्शनकारीहरूले प्रधानमन्त्रीमाथि ढुङ्गा प्रहार गरेका छन् । चुनावी अभियानमा जुटेका बेला ट्रुडोमाथि ढुङ्गा प्रहार भएको हो । तर उनलाई कुनै चोट भने लागेको छैन । यो घटना क्यानडाको हो ।आफ्नो पार्टीको बहुमतको सरकार बनाउने आशा राखेर उनले केही दिन अघिमात्रै चुनाव घोषणा गरेका थिए । तर, कोभिड १९ खोपको अनिवार्यता र अन्य कडाइहरूका कारण अहिले क्यानडामा सरकार विरोधी प्रदर्शन चलिरहेको छ र ट्रुडोले राम्ररी प्रचार गर्न पाएका छैनन् । एक साताअघिमात्रै आक्रोशित बनेका प्रदर्शनकारीहरुले एम्बुस बिछ्याएपछि ट्रुडोले चुनावी –याली स्थगित गरेका थिए।

अन्टारियोमा ढुङ्गा प्रहार भएको विषयमा प्रतिक्रिया दिँदै उनले आफू घाइते नभएको बताएका छन् । उनले यस घटनालाई २०१६ को घटनासँग तुलना गरे । त्यतिबेला एक महिलाले उनलाई फर्सीले हानेकी थिइन् । विपक्षी पार्टीका नेता इरिन ओ टोलीले पनि यस घटनाको निन्दा गरेका छन् । ‘राजनीतिक हिंसा कहिल्यै सही हुन सक्दैन र दबाब, दुर्व्यवहार र हिंसाबाट हाम्रो मिडिया स्वतन्त्र हुनुपर्छ,’ उनले ट्वीट गरेका छन् ।

२० सेप्टेम्बरमा हुने चुनावअघि ट्रुडोको अनिवार्य खोप योजना प्रमुख मुद्दा बनेको छ । सबै सरकारी कामदारहरूले अक्टुबरको अन्त्यसम्म खोप लगाउनुपर्ने र खोप नलगाए जागिर खाने चेतावनी गत महिना सरकारले दिएको थियो । विश्वमा सर्वाधिक खोप लगाउने देशमध्ये क्यानडा एक हो ।तालिबानले सोमबार पञ्जशिरमा विजय घोषणा गर्दै आफ्नो झन्डा फहराएको छ । तालिबानका प्रवक्ता जुबीहुल्ला मुजाहिदले विज्ञप्ति जारी गर्दै पञ्जशिर आफ्नो समूह विजयी भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *