राजीनामा दिंदै प्रधानमन्त्री,यस्तो कारण थाहा पाएपछि देशैभर तरंग।

बिश्व समाचार

काठमाडौँ । प्रधानमन्त्रीले फेरि पार्टी नेतृत्वको चुनाव नलड्ने भन्दै राजीनामा दिए तयारी गरेका छन् ।  जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा दिने भएका छन् । उनले फेरि पार्टी नेतृत्वको चुनाव नलड्ने बताएका छन् । उनले यही महिनाको अन्तिममा प्रधानमन्त्री पदबाट राजीनामा दिने संकेत गरेको बीबीसीले जनाएको छ ।एक वर्ष पहिलामात्र शिन्जो आबेले राजीनामा दिएपछि सुगा प्रधानमन्त्री बनेका थिए । सुगाले यस्तो घोषणा आफ्नो लोकप्रियतामा आएको कमीपछि गरेको बीबीसीले जनाएको छ। जापानमा अहिले पनि कोरोनाका कारण संकटकाल लगाइएको छ ।

जापानमा कोरोनाको लहर रोकिएको छैन । १५ लाखभन्दा धेरै मानिस कोरोना संक्रमित भएका छन् । कोरोनाविरुद्धको खोप अभियान निकै सुस्त गतिमा छ । महामारीकाबीच ओलम्पिक खेल आयोजना गरेपछि सुगाको लोकप्रियतामा कमी आएको छ ।अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार सुगाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का महासचिबले शुक्रबार कार्यकारिणी समितिको बैठकमा सुगाले आफ्नो सम्पूर्ण ध्यान कोरोनामा लगाएको उनले बताएको जनाएका छन् । सत्तारुढ एलडीपीले २९ सेप्टेम्बरमा पार्टी प्रमुखका लागि चुनाव गर्दै छ । जसले पार्टीको नेतृत्व गर्छ सोही व्यक्ति प्रधानमन्त्री बन्ने सम्भावना धेरै हुन्छ ।

त्यस्तै विश्वका प्रमुख नेताबारे गरिएको एउटा सर्वेक्षणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी रुचाइएका नेता बनेका छन् । २० जुन २०२१ मा प्रधानमन्त्री मोदी सर्वाधिक रुचाइएका नेतामा गणना भएको सर्वेक्षणले देखाएको हो । महामारीबीच मोदीको ‘एप्रोभल रेटिङ’ ६३ प्रतिशत रहेको पाइएको छ । यो दर विश्वका अन्य नेताको तुलनामा सबैभन्दा बढी हो ।

मोदीपछि मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्रादर बढी रुचाइएका नेता बनेका छन् । लोपेजपछि एप्रोभल रेटिङमा इटालीका प्रधानमन्त्री मारियो ड्रागी र जर्मन चान्सलर मर्केला एन्जेलको नाम छ ।सर्वेक्षणअनुसार ड्रागीको ६४ प्रतिशत र मर्केलको एप्रोभल रेट ५२ प्रतिशत छ । मर्केलपछि अमेरिकी राष्ट्रपति जो बाइडेन छन् । बाइडेनको एप्रोभल रेट ४८ प्रतिशत छ । सबैभन्दा न्यून एप्रोभल रेट जापानका प्रधानमन्त्री योसिहिदे सुगाको छ । दी मर्निङ कन्सल्टले गरेको सो सर्वेक्षणको सूचीमा चीनका कुनै नेताको नाम समावेश छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *