भर्खरै शक्तिशाली भूकम्प धक्का,मानिसहरु घर छोडेर सडकमा भागा-भाग

समाचार

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ ।स्थानीय समय अनुसार बुधबार बिहान ११.४३ मा भूकम्प गएको थियो । भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् ।इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि:बाँसको तामा सहितको अचार खाँदा एक महिलाको निधन भएको छ । खबर हो कञ्चनपुरको ।कञ्चनपुरको भीमदत्त नगरपालिका –१० स्थित ३५ वर्षीया महालक्ष्मी भट्टको मासु चिउरा र बाँसको तामाको अचार खाँदा मृत्यु भएको जिल्ला प्हरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
महाकाली उप प्रादेशिक अस्पतालका अनुसार मृत्यु भएकी महिला सहित उक्त परिवारका अन्य ४ जना समेत बिरामी परेका थिए । झाडापाखाला लगायत वान्ता हुन थालेपछि अस्पताल पुगेका उनिहरु मध्ये महालक्ष्मी भट्ट उपचारको क्रममा मङ्गलबार बिहान १०स्५५ मा मृत्यु भएको महाकाली अस्पतालका डाक्टर मनोज भट्टले जानकारी दिए ।

डाक्टर भट्टका अनुसार शरीरमा पानीको मात्रा कम हुदा ३५ वर्षीया महालक्ष्मी अचेत बनेकी थिइन् । ताको सेवन गरेका उक्त पविारका दुई ओटा बच्चालाई भने थप उपचारको लागि धनगढीको निसर्ग अस्पतालमा लगिएको बताइएको छ । उनीहरुको थप उपचार भइरहेको छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *