खुशिको खबर:ह्वात्तै घट्यो नयाँ कोरोना संक्रमितको संख्या,निको हुनेको संख्या बढ्यो

समाचार

काठमाडौं । खुशिको खबर: नेपालमा यसरि घट्दैछ नयाँ को-रोना संक्रमितको संख्या, निको हुनेको संख्या बढ्यो, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा को’रोना भाइरसको सं’क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १०२४ र एन्टिजेन विधिबाट २४४ जनामा को’रोना भा’इरसको संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ७ लाख ६८ हजार २९५ जनामा र एन्टिजेनविधिबाट ८४ हजार ९३७ जनामा को’रोना भा’इरसको संक्रमण पुष्टि भइसकेको छ ।

देशभर हाल ३१ हजार ९२६ जना सक्रिय सं’क्रमित रहेका छन् । यसमध्ये २९ हजार ६५८ जना होम आइसोलेसनमा, २ हजार १६८ जना संस्थागत आइसोलेसनमा, ५५४ जना सघन उपचार कक्षमा र १७२ जना भेन्टिलेटरमा रहेका छन् । यही अवधिमा थप २ हजार १९५ जना निको पनि भएका छन् ।कूल संक्रमितमध्ये ७ लाख २५ हजार ६५१ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा १ लाख ७ हजार ५९८ जनाले को’रोना विरु’द्धको खोप लगाएका छन् । हालसम्म ५५ लाख ११ हजार ९२९ जनाले पहिलो मात्रा र ४८ लाख ६३ हजार ८३५ जनाले खोपको दुवै मात्रा लगाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *