काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको मिनीबस दुर्घटना।यस्तो देखियो दर्दनाक दृश्य

समाचार

अर्घाखाँची – अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-३ ठाडामा माइक्राे बस दुर्घ’टना हुँदा एक जना ज्या’न गएकाे छ । आठ जना घा’इते भएका छन् ।काठमाण्डाैबाट अर्घाखाँचीकाे सन्धिखर्कका लागि छुटेकाे बा ३ ख ८६३९ नम्बरको माइक्राे बस आज बिहान दु’र्घटनामा परेकाे हाे ।दु’र्घटनामा भूमिकास्थान गाउँपालिका-९ ढिकुराका सञ्जय विककाे ज्या’न गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मर थापाले जानकारी दिनुभयाे ।माइक्राे बस सडकबाट झण्डै ४ सय मिटर तल खसेको उहाँले बताउनु भयाे । घा’इते भएकामध्ये दुई जनाकाे अवस्था ग’म्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।

घाइते ६ जनाकाे प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिनुभयो  ।दु’र्घटनाका विषयमा बारेमा थप अनु’सन्धान भइरहेको उहाँले बताउनु भयाे । ( फाईल तस्बिर )

Leave a Reply

Your email address will not be published. Required fields are marked *