सा`बधान!कतै तपाईको बच्चामा यस्ता लक्षण त देखिएको छैन नि,बेलैमा ख्याल गर्नुस् नत्र ज्या`न जान सक्छ

समाचार

सा`बधान ! कतै तपाईको बच्चामा यस्ता लक्षण त देखिएको छैन नि, बेलैमा ख्याल गर्नुस् नत्र ज्या`न जान सक्छ । सङ्क्रमण भएको वा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका दुईदेखि छ सातामा बालबालिकालाई ज्वरो आउने वा छालामा समस्या त आएको छैन् ?सचेत रहनु हाेला अहिले बालबालिकामा ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआईएससी) जटिल समस्याका रूपमा देखिएको छ।

सङ्क्रमित भएको दुईदेखि छ साता रोग प्रतिरोधात्मक शक्ति अनियन्त्रणका कारणले यस प्रकारको रोग बालबालिकामा लाग्ने गरेको विशेषज्ञहरूको भनाइ रहेकाे छ ।कान्ति बाल अस्पतालका निर्देशक अजित रायमाझीले सङ्क्रमित भएको बेला कुनै पनि लक्षण नदेखिए पनि निको भएको छ हप्ताभित्र एमआईएससी देखिन सक्ने जानकारी दिए । ज्या-नसम्म पनि जान सक्ने यो जटिलतामध्ये एउटा ठूलो जटिलता रोग हो जुन अहिले नेपालमा पनि बढेको पाइएको छ ।

एमआईएससी भएका बालबालिकाका शरीरका विभिन्न प्रणाली र अङ्गहरूमा एकै पटक असर गर्ने हुँदा विभिन्न खाले लक्षण देखा पर्ने डा। रायमाझीको भनाइ छ । भाइरससँग ल-ड्-नका लागि बालबालिकाको शरीरले गर्ने प्रतिक्रियाका कारण एमआईएससी हुने उनले प्रस्ट पारे । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । तस्बिर:- सांकेतिक मात्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *