साबधान!यति धेरै व्यक्तिको मृत्यु हुनसक्ने सङ्क्रमणको नयाँ लहर आउने भन्दै डब्लुएचओले दियो यस्तो चेतावनी!

बिश्व समाचार

साबधान ! यति धेरै व्यक्तिको मृ-त्यु हुनसक्ने सङ्क्रमणको नयाँ लहर आउने भन्दै डब्लुएचओले दियो यस्तो चे`तावनी!विश्व स्वास्थ्य संगठन -डब्लूएचओले यूरोपमा को-भिड–१९ को नयाँ लहर आउने र यसबाट आगामी डिसेम्बरसम्ममा कम्तीमा दुई लाख ३६ हजार व्यक्तिको मृ-त्यु हुनसक्ने प्रक्षेपण गरेको छ।युरोपका खासगरी गरिब मुलुकमा को-भिड–१९ विरूद्धको खोप दर कम रहेको र यसले को-भिड–१९ नियन्त्रणमा प्रभाबकारी भूमिका निर्बाह गर्न नसक्ने डब्लुएचओले चिन्ता व्यक्त गरेको छ।

डब्लूएचओ युरोपका निर्देशक हान्स क्लजले सञ्चारकर्मीसँग भन्नुभयो, `गत हप्ता यस क्षेत्रमा मृ-त्युको सङ्ख्यामा ११ प्रतिशत वृद्धि भएको थियो । एउटा विश्वसनीय अध्ययन रिपोर्टले युरोपमा डिसेम्बर १ सम्ममा थप दुई लाख ३६ हजार मानिसको मृ-त्यु हुनसक्ने देखाएको छ।´युरोपले अहिलेसम्म १३ लाख को-भिड–१९ सङ्क्रमितको मृ-त्यु भएको पुष्टि गरिएको छ। यूरोपका ५३ सदस्य राष्ट्रमध्ये ३३ मुलुकले गत दुई हप्तामा को-भिड–१९ सङ्क्रमण दर १० प्रतिशतभन्दा बढीले वृद्धि भएको जनाएका क्लजले बताउनुभयो।

यस महादेशभरि भाइरस सर्ने दर उच्च रहेको र यो विशेष गरी विभिन्न देशहरूमा नियन्त्रणका लागि दिनुपर्ने प्राथमिक जनसंख्यामा अत्यन्तै कम रहेको कारण चिन्ताजनक अवस्था मानिएको हो।क्लजले बढी फैलिनसक्ने डेल्टा भे-रिएन्टको प्रसार रोक्न प्रतिबन्ध तथा नियन्त्रणक अन्य उपायहरूबारे देखाइएकोे सहजता र गर्मी यामसँगै वृद्धि भएका यात्राजन्य गतिविधि दो-षी देखिएका बताउनुभयो। युरोपका लगभग आधा मानिसहरूलाई पूर्ण खोप लगाइएको भए तापनि यस क्षेत्रमा खोप लगाउने कार्य अझै पनि सुस्त भएको क्लजको बुझाइ छ।`विगत छ हप्तामा यो १४ प्रतिशतले घटेको छ । कतिपय देशमा खोपको अभाव र केहीमा खोपलाई नस्वीकारिएका कारण यसको असर परेको छ।´

युरोपका निम्न तथा निम्नमध्यम आय भएका मुलुकका छ प्रतिशत मानिसले मात्र पूर्ण खोप लगाएका छन् । केही मुलुकले १० मध्ये एक स्वास्थ्यकर्मीलाई मात्र खोप दिएका छन् । उत्पादन बढाउन, धेरै मात्रा खोपको आपूर्ति गर्न तथा खोपको पहुँचमा सुधार ल्याउन खोप अभियानमा पछि रहेका यूरोपेली मुलुकहरूलाई आग्रह गर्दै क्लजले भन्नुभयो, `हाम्रो क्षेत्रमा खोप अभियानमा सुस्तता आउनु गम्भीर चिन्ताको विषय हो ।´

Leave a Reply

Your email address will not be published. Required fields are marked *