लामोसमय पछि सर्वसाधारणलाइ खुसि बनाउंदै,काठमाडौं उपत्यकामा यस्तो नियम लागु

समाचार

काठमाडौँ। काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले भौ’तिक रूपमा विद्यालय सञ्चालनबारे अस्पष्ट निर्णय गरेका छन् । तर प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सिनेमा हल भने भदौ १७ गते बिहीबारबाट खुलाउने निर्णय गरेका छन् ।योसँगै मनोरञ्जन स्थल, जिमखाना, खेलकुद, व्युटीपार्लर सैलुन लगायतका अहिलेसम्म बन्द रहेका व्यवसाय सञ्चालन हुने भएका छन् । बुधबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी निषेधाज्ञाबारे थप निर्णय गर्दै विद्यालय सञ्चालनबारे भने अ’स्पष्ट निर्णय गरेका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:यतीबेला घरमा आराम गरिरहेकी हास्यव्यंग्य अभिनेत्री पल्पसा डंगोलको परिवारलाई सोरबार र मंगलबार धेरैले फोन गरेर पल्पसाको अवस्थाबारे जानकारी लिए । टिकटक चलाउनै कुनै व्यक्तिले यी पल्पसाको तस्बिरमा ‘श्रद्धाञ्जली’ लेखेर सोमबार टिकटक बनाएपछि धेरैले आत्तिँदै उनका परिवारलाई फोन गरेका हुन् । धेरैले उनको टिकटकमा लेखिएको श्रद्धाञ्जलीबारे प्रश्न राख्दा उनका आफ्नाले हैन भनेर प्रस्ट पार्नुपरेको थियो । कसैलाई पनि एक्कासी श्रद्धाञ्जली लेख्दा त्यो व्यक्तिको परिवारदेखि शुभचिन्तकसम्म आत्तिनु स्वाभाविक नै हो।

यही समस्या पल्पसा र उनको परिवारले अहिले भोग्नुपरेको छ ।यो प्रसंगमा हास्यव्यंग्य अभिनेत्री पल्पसाले राजधानीसँग भनिन्, ‘टिकटकको भ्युज बढाउने नाममा जिउँदो मान्छेलाई यसरी हार्दिक श्रद्धाञ्जली लेखेर भिडियो लोड गर्दा कति पीडा हुन्छ होला । यस्तै पीडा अहिले म र मेरो परिवारले भोग्नुपरेको छ,’ उनले अगाडि थपिन्,

‘म स्वास्थ्य उपचार गराइरहेको बेला टिकटिक चलाउनेहरूले मेरो तस्बिरमा श्रद्धाञ्जली अर्पण गरेर पटकपटक भिडियो लोड गर्दै मलाई जिउँदै मारिरहेका छन् । गत महिना पनि मलाई यस्तो पीडा दिइएको थियो र हिजो मंगलबार पनि यस्तै पीडादायी कार्य टिकटक चलाउनेहरूले गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *