सिस्ने खोलाले कार बगाउदा कारभित्र सवार एकैघरका दिदि बहिनि सहित चार’को मृ’त्यु।यस्तो थियो दृश्य

समाचार

दाङको घोराही–लमही सडकखण्डअन्तर्गत सिस्नेखोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गएराति १० बजेतिर नेपालगंजबाट घोराहीतर्फ आउँदै गरेको प्र–३–०१–०२४ च ४४४० नम्बरको सुजुकी एस प्रेस गाडीलाई बगाउँदा गाडीमा सवार घोराही उपमहानगरपालिका वडा नं. १३ निवासी ४० वर्षीया रीता माया पुन ।

सोही ठाउँ निवासी ३२ वर्षीया शुशिला श्रेष्ठ, घोराही १४ निवासी अन्दाजी ३१/३२ वर्षीया राधा कुँवर र घोराही १४ निवासी करिब ४०/४२ वर्षीया बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

कार करिब डेढ किलोमिटर तल बगेको थियो । साथै कार चालक घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी ४३ वर्षीय नर बहादुर पुनको खुट्टा भाँचिएको अवस्थामा फेला परेका थिए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

घोराही उपमहानगरपालिका वडा नं.४ स्थित रहेको उक्त खोलाले गाडीलाई बगाएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय दाङको २१ जना र प्रहरी चौकी गोग्लीबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा पाँच जनाको टोली खटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *