भर्खरै आयो खुसीको खबर।हट्यो सबै निषेधाज्ञा।अब सबै खुल्ला गर्ने निर्णय

समाचार

काठमाण्डू उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले कोरोनाभाइरस महामारीको दोस्रो लहर देखा परेयता जारी गरेको निषेधात्मक व्यवस्थालाई बुधवार अन्त्य गरेका छन्।तर उनीहरूले कोभिड-१९ को नियन्त्रणका लागि सावधानी अपनाउनुपर्ने भन्दै सूचना जारी गरेका छन् र त्यसको पालना नगरिए कानुन बमोजिम कारबाही हुने चेतावनी दिएका छन्।

काठमाण्डू, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधवारको बैठकपछि सूचना जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाण्डूले आदेश जारी गर्दै कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश र स्थानीय प्रशासन ऐन बमोजिम यस्तो निर्णय गरिएको जनाएको हो।

काठमाण्डूका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पोखरेलले भने, “वैशाख १६ गतेदेखि लगाइएको निषेधात्मक व्यवस्था लामो भयो भनेर सबैतिरबाट कुरा आयो। सहज परिस्थिति रहेको सुझाव स्वास्थ्य विज्ञहरू समेतबाट आएपछि हामीले निषेधाज्ञा शब्द नराखी पछिल्लो सूचना जारी गरेका हौँ।”

उनले निषेधात्मक व्यवस्थाका करण आफूहरूको पेसाव्यवसायमा ठुलो क्षति पुगेको व्यवसायीहरूले बताएको उल्लेख गर्दै उनीहरूले मापदण्ड पुर्‍याएर आफ्ना व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएको पनि उल्लेख गरे।

पछिल्लो आदेशपछि कोभिड-१९ नियन्त्रणका लागि स्वयं सतर्क भएर स्वास्थ्य मापदण्डहरूको पालना गरिनुपर्ने उनले बताए।पोखरेलका अनुसार स्थानीय तहबाट अनुमति लिएर शिक्षण संस्थाहरू समेत सञ्चालन गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *