माफियाहरूको सातो उडाउने कुलमान घिसिङको त्यो घोषणा,के भनेका छन्(हेर्नुहोस् यो भिडियोमा)

समाचार

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वि.सं. २०८० सालभित्र नेपालका सबै जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍याउने लक्ष्यका साथ प्राधिकरणले काम अगाडी बढाएको बताएका छन् ।प्राधिकरणको ३६ औँ वार्षिकोत्सवको अवसरमा ऊर्जामन्त्री पम्फा भुसालले विद्युत खेर जान नदिन र खपत बढाउन वर्षायाम र सुख्खा यामको फरक–फरक विद्युत महशुल निर्धारण गरिने बताइन् ।

मंगलबार नेपाल विद्युत प्राधिकरणको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री मन्त्री पम्पा भुसाले अनियमितता र भ्रष्टाचार नगर्न मातहतका निकायलाई कडा निर्देशन दिइन् । उनले आफूले भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलताको नीतिलाई प्राथमिकतामा राखेको भन्दै अनियमितता र भ्रष्टाचार नगर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिइन् ।पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

कसैले भ्रष्टाचार गरेमा कठोर कदम चाल्ने उनको चेतावनी छ ।मन्त्री भुसालले किसानलाई सिँचाईमा प्रयोग हुने विद्युत सहुलियत दरमा उपलब्ध गराउने पनि आफ्नो प्राथमिकता रहेको उल्लेख गरिन् । उनले आगामी दिनमा वर्षायाममा विद्युत खेर जान नदिन र खपत बढाउनका लागि वर्षायाम र सुख्खा यामको फरक–फरक विद्युत महशुल निर्धारण गर्ने निर्णय भइसकेको पनि जानकारी दिइन् । पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *