अब नेपालमै १२ लाखमा ४ कोठे आकर्षक घर बनाउने,जानकारीको लागी से’यर!

अर्थ व्यापार

चितवन’मा कोरियाली कम्पनि एसवाई प्यानलले आफ्नो उत्पादन शुरु गरेको छ। फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । रत्ननगरस्थित १४ मा रहेको कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेको हो। बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ। शतप्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भु’कम्प प्र’तिरोधी,सस्तो,६० बर्ष टिकाउ हुने जनाइएको छ। *** पूरा भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ***

यी पनि:काठमाडौँ महनगरपालिकाले सिसडोल ल्याण्डफिल साइट प्रभावित क्षेत्रका लागि रु छ करोड दिने भएको छ। फोहरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले शिक्षक दरबन्दी पूर्तिलगायतका माग राखेर चैत १३ गतेदेखि फोहर व्यवस्थापनमा अवरोध गर्दै आएपछि कामपा र प्रभावितबीच भएको छलफलमा कामपा प्रमुख विद्यासुन्दर शक्यले व्यवस्थापनक लागि रु छ करोड दिने बताउनुभएको हो ।

छलफलका क्रममा प्रमुख शाक्यले प्रभावित जिल्ला नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँशी गाउँपालिकाका प्रत्येक पालिकाका पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा रु तीन÷तीन करोड व्यवस्था गर्ने, शिक्षक मागका सम्बन्धमा तत्काल प्रक्रिया थालनी गर्ने, प्रभावित क्षेत्रमा १५ शय्याको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने, १५ वटा शय्या र चार चिकित्सकका लागि आवश्यक रकम सहयोग गर्ने बताउनुभयो ।

प्रभावित क्षेत्रमध्ये कामपाले ककनी गाउँपालिकाका लागि यसअघि एम्बलुलेन्स उपलब्ध गराइसकेको छ । प्रभावित क्षेत्रका विद्यालयमा आवश्यक तहगत र विषयगत ५१ जना शिक्षकको दरबन्दी पूरा गर्ने सन्दर्भमा नेपाल सरकारबाट स्थायी पदपूर्ति गरेपछि स्वतः हट्ने गरी तत्कालका लागि करारमा शिक्षक नियुक्त गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *