बैंकमा ६ वर्ष अघि २५ तोला सुन बैंकमा धितो राखेकी यी महिलाले साँवा र ब्याज तिरेर फिर्ता माग्दा नक्कली सुन हातमा थमाइयो।

समाचार

काठमाडौको एक बैंकमा ६ वर्ष अघि एक महिलाले २५ तोला सुन बैंकमा धितो राखेकी थिइन् । उनले साँवा ब्याज पनि तिर्दै गइन् । ६ वर्ष अघि १४ लाख रुपैया ऋण लिएको भएपनि उनले साँवा पनि घटाउँदै गएकी थिइन् । काठमाडौको महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखामा राखेको सो सुन महिलाले सावाँ ब्याज सबै तिरेपछि बैंकले नक्कली सुन रहेछ भनेपछि ऋणी महिला प्रहरीकहाँ पुगेकी छन् ।

साँवा र ब्याज तिरेपछि आफ्नो सुन फिर्ता माग्दा बैंकले नक्कली रहेछ भनेको महिलाको भनाई छ। ललितपुर महानगरपालिका वडा नम्बर ११ चाकुपाटकी विष्णु महर्जनले ६ वर्षअघि २०७२ फागुनमा कुमारीपाटीको महालक्ष्मी विकास बैंकबाट २५ तोला सुन धितो राखेर १४ लाख रुपैया ऋण लिएकी थिइन्। सुन धितो लिँदा बैंकले जाँचेरै लिएको भएपनि सबै पैसा बुझाएर आफ्नो सुन फिर्ता माग्दा भने नक्कली सुन रहेछ भनेको बिष्णु महर्जन बताउँछिन्।

विष्णुले बैंकलाई हरेक वर्ष आफूले ब्याज र साँवा तिर्दा बैंकले नक्कली सुनको बारेमा कुरा नगरेको उनको भनाई छ। तर जब सुन फिर्ता मागिन् त्यसपछि बैंकले नक्कली भनेको उनको भनाई छ। उनले गत भदौ ९ गते सम्म आठ लाख ५४ हजार रुपैयाँ ऋण चुक्ता गर्नु पर्ने भएपनि महा मारीका कारण नसकेर असार ३ गते चुक्ता गर्ने उनलाई समय दिएको थियो।

तर उनी पैसा खोजेर भदौ ९ गते सबै ब्याज र साँवा चुक्ता गर्दै सुन फिर्ता लिन बैंक गएकी थिइन् । म्यानेजर सुनिलकुमार नेपाल र ऋण विभागको प्रमुखले ब्याज र साँवाको पैसा बुझिसकेपछि सुन माग्दा दिन आनाकानी गरेको उनको भनाई छ ।साँझ सम्म कुर्दा समेत सुन नदिएपछि उनले आफ्ना दाईलाई बैंकमै बोलाइन् तर बैंकका म्यानेजरले सुन दिन्छौं तर हेर्न पाइन्न भनेपछि उनीहरु थप संसंकित भए।केही नलागेपछि विष्णुका दाइले चिनजानको संगठनका केही मानिसहरूलाई बोलाए पछि म्यानेजरले सुन नक्कली रहेछ भनेको महिलाको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *