बाल्यकालमा म छोरा थिएँ-दीपाश्री निरौला

सेलिब्रिटी

दीपाश्री निरौला नेपाली चलचित्रकी अभिनेत्री तथा हाँस्यकलाकार हुन । रेडियो नाटकबाट आफ्नो अभिनय सुरु गरेकी हाल उनी तीतो सत्य नामक हाँस्य टेलिचलचित्रमा अभिनय गरीरहेकी थिइन् ।उनले छक्का पन्जा (चलचित्र) निर्देशन गरेकी हुन् जुन् सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रहरूको सूचीमा प्रथम छ । एउटा अन्तरवार्ताको क्रममा भनेकी छिन्”बाल्यकालमा त म छोरो स्वभावकी । छोराकै लुगा लगाउने । खेल्न पनि छोराले जस्तै खेल्ने । भाँडाकुटी मन नपर्ने ।

उनले साथीहरूलाई दीपा किन तँ यस्तो लुगा लगाउँछेस् भनेर धेरै पटक सोधेको र आफुले किनभने तिमीहरू केटी हौ, म केटा हुँ’ भनेर जवाफ दिने गरेको भनेकी छिन्। किनभने बुवाआमाले पनि मलाई छोरा नै भनेर हुर्काए । उहाँहरूको छोरा नै थिएन ।उनी थप्छिन् पछि आठ कक्षामा पुगेपछि मात्र कुर्ता सुरुवाल लगाएँ । सानैदेखि म रौसे । नाच्नुपर्ने, सिनेमा हेर्नुपर्ने । आमासँग लहसिएर सिनेमा हेर्न गइरहन्थें । दशैंमा टीका थापिरहँदा बुवा-आमालाई भन्थें, ‘छोरी हिरोइन बनोस् भनेर आशीर्वाद दिनुहोस् ।’

उनी भन्छिन्, जहाँ म हुर्किएँ, त्यो न शहर भन्न मिल्ने, न गाउँ । ठिमाहा बस्ती । त्यहीं हाम्रो बाल्यकाल बित्यो- दौंतरीसँग हाँस्दै, खेल्दै, झगडा गर्दै । शुक्रबार हिन्दी फिल्म सार्वजनिक हुन्थ्यो । आमाहरू नाइट शो हेर्न जाने । उहाँहरू चढेको रिक्सामा झुन्डिनै पर्ने म । पछाडि झुन्डिएर हुन्छ कि, अगाडि रिक्सा चालकसँग बसेर हुन्छ, फिल्म हेर्न दौडिहाल्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *