पेट फुल्ने तथा सुनिने समस्या छ?पित्तथैली क्यान्सरका लक्षण हुनसक्छ!यस्ता लक्षणलाइ बिल्कुल बेवास्ता नगर्नुहोला

स्वास्थ्य

काठमाडौँ । चिकित्सकहरूलाई आधार मान्ने हो भने बाइल डक्ट क्यान्सर आफैमा दुर्लभ क्यान्सर हो । यो क्यान्सर पित्तथैलीको नलीमा हुने गर्छ । विशेषगरी ६५ वर्ष उमेरमाथिका मानिसमा बढी देखिने यो रोगको सुरुवाती लक्षण खासै देखा पर्दैन । र, जब देखिन्छ, त्यति बेलासम्म निकै ढिला भइसकेको हुन्छ।पित्तथैलीको नलीलाई अंग्रेजीमा बाइल डक्ट पनि भनिन्छ । बाइल डक्ट एक किसिमको सानो नली हो, जुन कलेजोको भित्री भाग, पित्ताशय हुँदै सानो आन्द्रामा पुग्ने गर्छ।यस्ता डक्ट विभिन्न नलीहरू मिलेर बनेको हुन्छ । यही नली हुँदै कलेजोले उत्पादन गरेको बाइल बगेर पित्ताशयमा एकत्रित हुने गर्दछ। उक्त बाइलले हामीले खाएको खाना तथा चिल्लो पचाउन मद्दत गर्छ।

यस्ता बाइल कलेजोको भित्री भागबाट निस्कने हेपाटिक डक्ट हुँदै पित्ताशयसम्म जोडिने गर्दछ । उक्त नलीमा क्यान्सर भएमा यसले उक्त नलीको कुनै पनि भागलाई प्रभावित पार्दछ।समयमै पत्ता लगाउन सकेको खण्डमा यो क्यान्सर सजिलै निको पार्न सकिन्छ तर रोग लागेको अधिक समय पछि मात्र विरामीहरू चिकित्सकका पुग्ने हुँदा यसको उपचार लगभग असम्भव हुने गर्दछ । बाइल डक्टको क्यान्सर भएमा यी लक्षण देखा पर्ने गर्दछ।बाइल डक्ट क्यान्सरका लक्षण यस्ता छन्

छाला चिलाउनु:पित्तथैलीको क्यान्सरका भएमा शरीरमा विलिरुविनको मात्रा बढी हुने गर्छ । फलतः छाला चिलाउने गर्दछ।जन्डिस:यस रोगमा व्यक्तिको छाला पहेँलो हुने गर्दछ । साथै क्यान्सरका कारण पित्तलाई सानो आन्द्रामा जान बाधा हुने गर्छ।गाढा पहेँलो पिसाब:पित्तथैलीको क्यान्सर भएमा रगतमा विलिरुविनको मात्रा बढ्ने भएकाले पिसाब गाढा पहेँलो हुने गर्दछ।पेट फुल्ने र सुन्निने:बाइल डक्ट क्यान्सर भएमा कोषिकाहरूले राम्ररी काम गर्न सक्दैनन्, जसका कारण पेट फुल्ने, सुुन्निने तथा दुख्ने गर्दछ।

थकान तथा कमजोरी:यस क्यान्सरबाट पीडित व्यक्तिको तौल क्रमशः कम हुने गर्दछ । साथै उनीहरूलाई कुनै पनि काम गर्दा थकाइ लाग्ने तथा कमजोरी महसुस हुने गर्दछ।वान्ता हुनुरज्वरो आउनु:कलेजो तथा रगतमा विलिरुविनको मात्रा बढ्ने तथा संक्रमण हुनाले पित्त थैलीमा अवरोध सिर्जना हुन्छ । जसका कारण ज्वरो आउने, वान्ता हुनेजस्ता समस्या उत्पन्न हुने गर्दछ।बाइल डक्ट क्यान्सरका कारण ?वाइल डक्ट क्यान्सर हुनुको कारण अझै थाहा हुन सकेको छैन । यद्यपि माथिका कारणहरू देखिँदा बाइल डक्ट क्यान्सरको सम्भावना हुनसक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *