कक्षा १२ को परीक्षा हुने,यसरी ताेकियाे परीक्षा सञ्चालन गर्ने मिति

समाचार

कक्षा १२ को परीक्षा हुने, यसरी ताेकियाे परीक्षा सञ्चालन गर्ने मिति ! को-भिड–१९ को उच्च जोखिमका कारण अन्तिम समयमा स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने व्यवस्था गरेपछि बोर्डले परीक्षा सञ्चालनको तयारी गरिरहेको बोर्डका सदस्य सविच दुर्गा अर्यालले बताए । ‘बोर्डले सरकारसँग विद्यार्थीलाई खोप उपलब्ध गराउन माग गरेको थियो,’ उनले भने, ‘सोही अनुसार पौने चार लाख विद्यार्थीलाई मन्त्रालयले खोपको व्यवस्था गरिसकेको छ ।

अब एक साताभित्र परीक्षाको नयाँ तालिका सार्वजनिक गर्ने गृहकार्य भइरहेको छ । विद्यार्थीको भौतिक उपस्थितमै तीन घन्टाको परीक्षा सञ्चालन गरिने तयारी छ ।’ उनका अनुसार परीक्षा केन्द्र तोक्ने, जनशक्ति व्यवस्थापन, प्रश्नपत्र तयारी, ढुवानी तथा केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन र व्यवस्थापनबारे अभिमुखिकरण गर्ने लगायतका सम्पूर्ण कार्य यसअघि नै सम्पन्न भएकाले परीक्षा सञ्चालन गर्न थप सहज हुने बोर्डको भनाइ छ।गत साउन ३१ गतेदेखि सुरु हुने भनिएको परीक्षा को-रोना भाइरसका कारण अन्तिम समयमा स्थगित भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको व्यवस्था गरि परीक्षा सञ्चलानको तयारीमा जुटेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए । उनले बिहीबार स्वास्थ्य तथा शिक्षा समितिको बैठकमा कक्षा १२ का सबै विद्यार्थीलाई खोपको व्यवस्था गर्ने काम भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *