आज पनि घट्यो सुनको भाउ,हेर्नुहोस् कति पुग्यो तोलाको?

अर्थ व्यापार

काठमाडौँ। साताको पाँचौ दिन पनि नेपाली बजारमा सुनको भाउ घटेको छ।बुधबार प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै, आज तेजावी सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:बेलायत सरकारले गोर्खा सैनिकको नयाँ भर्ना खुलाएको छ।सैनिक मुख्यालयले ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिस ‘इन्टेक–२०२२’ मा गरी ८ हजार नेपाली युवालाई क्षेत्रीय छनोटका लागि बोलाएको छ ।क्षेत्रीय छनोटमा ७४ जिल्लाका युवा सहभागी छन् ।ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइट आर्मी डट एमओडी डट यूकेमार्फत जानकारी दिँदै अगस्ट २९ (भदौ १३ गते) बाट क्षेत्रीय छनोटका निम्ति पोखरा बोलाएको हो ।यसअघि कागजपत्र, अनुशासन, मेडिकललगायत कारणबाट भर्ती प्रक्रियाबाट बाहिरिएकाले पुनस् आवेदन दिन नपाउने नियम लागू गरिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *