भारी वर्षाका कारण नवलपरासी,रुपन्देही र कपिलवस्तुमा डुबान।LIVE हेर्नुहोस

समाचार

अविरल वर्षाका कारण रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न ठाउँ डुबानमा परेका छन्। कतिपय स्थानमा पहिरोले सडक अवरुद्ध गरेको छ।वर्षाका कारण ठाउँठाउँमा डुबान हुनुका साथै पूर्व–पश्चिम राजमार्गको बुटवल नारायणगढ खण्ड अवरुद्व भएको छ।रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल बाढीका कारण भासिएको छ। जसका कारण पुर्ब–पश्चिम राजमार्गको बुटवल-नारायणगढ खण्डमा गाडी चल्न नसकेको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ।

रुपन्देही तिलोत्तमाको शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगायतका ठाउँ डुवानमा परेका छन्।त्यस्तै निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटिय क्षेत्रमा जोखिम बढेको छ। बर्षातका कारण तिनाउ नदीमा बाढी आएको छ।नदी तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन बुटवल उपमहानगरपालिकाले अपिल गरेको छ।त्यस्तै कपिलवस्तुको वाणगंगा नदी आसपासको क्षेत्रपनि जोखिममा परेको छ, भने नवलपरासीका परासीबजारसहितका ठाउँ डुबानमा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *