महिला सुरक्षाका लागि पुरुषलाई एक्लै घर बाहिर निस्कन प्रतिबन्ध?निस्कनै परे दिदी-बहिनी र श्रीमतीका साथमा हिँडुन्

बिश्व समाचार

काठमाडौं। पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जरदारी र पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोकी छोरी बख्तावर भुट्टो जरदारीले दिएको एक महिलावादी भनाइ अहिले चर्चित भएको छ । उनले पाकिस्तानमा महिलालाई सुरक्षित राख्न पुरुषलाई एक्लै हिडन्वाट प्रतिवन्ध लगाउनुपर्ने माग उठाएकी छन् । पुरुषलाई बाहिर निस्कन परे कुनै परिवारका महिला सदस्यको साथमा मात्र बाहिर निस्कन दिनुपर्ने उनको भनाई छ ।

पाकिस्तानमा पछिल्लो समय महिला माथि घटना हुन थालेपछि उनले सामाजिक सञ्जाल मार्फत यस्तो भनाई सार्वजनिक गरेकी हुन् । पाकिस्तानमा महिलाहरुको स्थितिप्रति चिन्ता व्यक्त गर्दै पाकिस्तानमा पुरुषहरुलाई एक्लै सार्वजनिक स्थानहरुमा जान प्रतिबन्ध लगाउन माग गरेकी हुन् । महिलाको सुरक्षाको निम्ती यो उत्तम उपाय भएको उनको भनाई छ ।

यदि कुनै पुरुष आफ्ना परिवारका आमा दिदी बहिनीको साथमा हिँडेको छ भने उनले सडकमा देखिएका अन्य महिला माथि नराम्रो ब्यवहार गर्न सक्दैन उनको तर्क छ । पुरुष मात्र भएको समुहवाट महिला समस्यामा पर्ने उनले बताइन् । पुरुषहरुको साथमा उनीहरुकी आमा, दिदी, बहिनी वा पत्नी भएको अवस्थामा मात्र पुरुषहरुलाई सार्वजनिक ठाउँमा जान दिनुपर्छ उनले भनिन् त्यस्तो अवस्थामा उनीहरुले महिलालाई नराम्रो ब्य वहा र गर्दैनन् ।

भुट्टोको यो बयान सामाजिक संजालमा चर्चामा छ । कैयौंले उनको यो मागको बारेमा प्रश्न उठाएका छन् । त्यसपछि भुट्टोले आफ्नो यो बयानको विषयमा सफाइ पनि दिएकी छिन् । भुट्टोले ट्वीटरमा भनेकी छिन् ‘महिलाविरुद्ध लगातार बढिरहेको हिं सा का घटनाका कारण मैले यो सुझाव दिएकी हुँ । मलाई योभन्दा राम्रो कुनै विकल्प हुन्छ जस्तो लाग्दैन ।’ उनका अनुसार पुरुषहरुको साथमा आफन्त महिला भएपछि उनीहरु अर्की कुनै महिलाप्रति अ भ द्र व्य’व हार गर्नुभन्दा पहिले २ पटक सोच्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *