राष्ट्रपति भण्डारीले गरिन् जनताको मनमुटु छुने काम, राष्ट्रपतिलाई नराम्रो भन्नेले पनि गर्न थाले वाहीवाही

समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले सयौं नारी र बच्चाको ज्यान जोगाएकी छन् ।राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका जटिल अवस्थाका सुत्केरी, गर्भवतीलाई निशुल्क उद्धार गर्ने व्यवस्था गरेर राष्ट्रपति भण्डारीले ज्यान जोगाएकी छन् ।आइतवारमात्रै अछामबाट एकै दिन दुई गर्भवती महिलाको उद्धार गरिएको छ ।गर्भवती महिलाको स्वास्थ्य अवस्था जलिट भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्देश्वरका २४ वर्षीया नेमिका कुँवर र चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्राका २६ वर्षीया जनक विकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका जटिल अवस्थाका सुत्केरी, गर्भवतीलाई निशुल्क उद्धार गर्ने व्यवस्था सरकारले गर्दै आएको छ ।अछाममा २०७६ सालदेखि हालसम्म राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत १७ जना महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रजिअ मल्लले जानकारी दिए ।बयालपाटा अस्पताल र जिल्ला प्रशासन कार्यालय अछामको समन्वयमा हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *