घरको कुन दिशामा छ भान्सा कोठा?सायद त्यहि भएर हो कि मनले चिताएका कुनै कुरा पुरा नभएको?यस्तो कुरामा तुरुन्तै ध्यान दिनुहोस

समाज

काठमाडौँ । वास्तुशास्त्र अनुसार घरमा भान्साघर यानी किचनको महत्व भुमिका हुन्छ । किचनको लागी दक्षिण पुर्व दिशा सर्वश्रेष्ठ मानिन्छ । यस दिशामा अग्नि अर्थात् उर्जाको वास हुन्छ । यस दिशाको ग्रह शुक्र हुने गर्दछन् । खासगरी महिलाहरुले किचनमा धेरै समय बिताउने गर्दछन् जसले गर्दा उनीहरुलाई नकरात्मक प्रभाव पार्दछ ।वास्तुका अनुसार भान्सा घर दक्षिण-पश्चिम दिशामा बनाउनु हुँदैन। यस दिशामा भान्साकोठा हुन भनेको घरमा वास्तु दोषलाई आँफैले निम्तो दिनु हो । यसले घरमा अनावश्यक खर्च बढाउने गर्दछ ।वास्तुशास्त्रअनुसार घरको सदस्यमा रोग,दुर्घटना,सन्तान हुनुप्रति चिन्ता जस्तो समस्या यस दिशामा किचनको बनाउनुको कारणले हुने गर्दछ ।आउनुहोस् किचनसँग सम्बन्धित वास्तुशास्त्रका बारेमा जानौँ

किचनमा ग्यास चुलो राख्नको लागी यसलाई पूर्व तथा उत्तरको दिशामा राख्ने गर्नुहोस् । जसमा खाना बनाउँनेको मुख उत्तर र पुर्वको दिशामा पर्ने होस् ।भाँडा माझ्नको लागि, भाँडा माझ्ने ठाउँ घरको उत्तर-पूर्व दिशामा बनाउनु सबैभन्दा उत्तम मानिन्छ।भान्साकोठामा राखिने इन्डक्सन,माइक्रोवेव आदि सँधै भान्साको दक्षिण पूर्व कुनामा राख्नुपर्दछ ।भान्साकोठामा विन्डो वा बल्ब जस्तो प्रकाश प्रणाली पूर्व र उत्तर दिशामा स्थापना भएको हुनुपर्दछ ।

भान्छामा फ्रिज सधैं उत्तर पश्चिम दिशामा राख्नुपर्दछ ।भान्साकोठामा प्रयोग हुने खाद्यपदार्थ,आटा, चामल ,दाल आदि पश्चिम एवम् दक्षिण दिशामा राख्नुपर्दछ ।कहिल्यै पनि भान्सकोठमा पुजा गर्ने ठाउँ बनाउनुहुँदैन या त मन्दिर बनाउनु हुँदैन । यसले परिवारको कुनै पनि सदस्यमा रक्त सम्बन्धि बिमारी लाग्नसक्छ ।भान्साकोठा र बाथरूम कहिल्यै पनि सिधा लाइनमा हुनुहुन्न। नत्र यसले परिवारका सदस्यहरूको स्वास्थ्य बिग्रन सक्छ ।वास्तु दोषहरू हटाउनको लागी भान्साकोठाको, ढोकामा रातो रंगको क्रिस्टल राख्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *