काठमाडौँका सबै नागरपालिकमा आजदेखि भेरोसेल खोप लगाइँदै,कहाँ-कहाँ छन् खोप केन्द्र?खोप लगाउन नपाएका सबैले अनिवार्य हेर्नुहोला

समाचार

काठमाडौं । काठमाडौं जिल्लामा आज (शुक्रबार) देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई आज शुक्रबारदेखि ३ दिन भेरोसेल खोपको दोस्रो मात्र दिइन लागेको हो।काठमाडौं जिल्लाका काठमाडौं महानगरसहित ११ वटै नगरपालिकामा एकैसाथ खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो।५० वर्षभन्दा माथि उमेर समूहका नागरिक, विश्व विद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्क सेवामा कार्यरत व्यक्तिहरु, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिक र यस अघि भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई दोस्रो मात्रा खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ।

दोस्रो मात्रा खोप लगाउन जाने नागरिकले पहिलो मात्रा खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहितको नम्बर अनिवार्य साथमा बोकेर ल्याउनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिएका छन्।काठमाडौँका महानगरपालिका र नगरपालिका तोकिएका खोप केन्द्र बाहेक राधास्वामी आइसोलेसन सेन्टर सामाखूसी, शसस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, शिक्षण अस्पताल, परोपकार प्रसुती गृह तथा स्वीरोग अस्पताल, निजामती कर्मचारी अस्पताल, विरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा खोप लगाइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *