परपुरुषको अंगालोमा रंगेहात फेला पारेपछि छोराहरुले विमला वलीमाथि यस्तो गरे।

समाचार

बुटवल।नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशकी सांसद विमला वली चर्चामा छिन् । परपुरुषसँग अंगालोमा बेरिएर चुम्बन गरिरहेको तस्विरले वली चर्चामा आएकी हुन् । पतिको दुर्घटनामा निधन भएको वर्ष दिनपछि नै परपुरुषसँग अंगालोमा बेरिएर सिन्दुरसहित चुम्बन गरेको तस्विरले राजनीति वृत्तमा तहल्का नै पिट्यो । तस्विर सार्वजनिक गर्ने अरु कोही नभएर विमला आबद्ध भएको माओवादीको भातृ संगठन वाइसीएलकै कार्यकर्ता थिए । विमला र ति वाइसीएल कार्यकर्ताको सम्बन्धबारे प्रदेश राजनीति वृत्तमा गाइँगुइ सुनिँदै आएको थियो।

तस्विर आएपछि छर्लङ्गै भयो । भलै विमला र वाइसीएल कार्यकर्ताले तस्विर एडिट गरेको, फेसबुक ह्याक भएको बहानाबाजी गरेर ढाकछोपको प्रयास गरे। त्यसो त विमलाको बाह्य सम्बन्धबारे परिवारले नसुनेको होइन । सक्दो नजरअन्दाज गरे । तर अहिले खुल्लम खुल्ला ‘प्यार’ को शैलीमा अन्तरंग तस्विर नै बाहिरिएपछि परिवार पनि सशंकित भएको छ । खासगरी नाबालक छोराहरुको मानसपटलमा ठूलो आघात पारेको छ । बाबु वितेको वर्ष दिनमै आमाको नैतिकहीन तस्विर आउन थालेपछि छोराहरु विमलाविरुद्ध उभिएका छन् । 

बिरालोले बच्चा कोरलेजसरी पार्टी फेरेर कुरुप राजनीतिको पात्र बनेकी विमलाको परपुरुषसँगको सम्बन्धले भविष्यमा समस्या हुने देखेर छोराहरु चिन्तित बनेका हुन् । त्यसैले उनीहरुले आफ्नै आमा विमलाविरुद्ध मुद्दा मामिलामा उत्रिन बाध्य भएका छन् । भोलि परपुरुषसँगको सम्बन्धलाई औपचारिकता दिँदा आफू विचल्लीमा पर्ने खतरा देखेर छोराहरु समयमै सचेत भएका छन् । त्यसमाथि आमा घर आउन छोडेको चार महिना भइसक्यो । 

त्यसैले छोराहरु अंश मुद्दा लिएर अदालत पुगेका छन् । जिल्ला अदालत दाङमा १२ र ९ वर्षका दुई छोराले साहिँला बुवा (विमलाका जेठाजु) मार्फत भदौ ३ गते अंश मुद्दा दायर गरेका हुन्। नाबालक छोराका तर्फबाट मुद्दा दायर गरेका निवेदक अमरबहादुर वलीले विमलाबाट टुहुरा बालबालिकाको सम्पत्ति हिनामिना हुने अवस्था आएकाले त्यसको संरक्षण तथा नाबालकको अधिकारको संरक्षणका लागि पारिवारिक सल्लाहमै निवेदन दिइएको बताए । विमला पछिल्लो समय परिवारकै सम्पर्कमा नभएको र सामाजिक सञ्जालमा आएको आपत्तिजनक तस्विरले आफूहरुलाई गम्भीर बनाएको उनको भनाई छ। 

परिवारका अन्य सदस्यहरुले पनि पहिला विमलाको सम्बन्धबारे हल्ला सुने पनि तस्विर आएपछि झसंग भएको बताए । विमला राजनीतिक र अनेक सम्बन्धमा व्यस्त भएकाले नाबालक छोराहरुको हेरचाहका लागि आफूहहरु चिन्तित रहेको परिवारका एक सदस्यले बताए । यसबारे विमलाले भने पहिले नै आफ्नो तस्विर इटिड गरेर बदनाम गर्न खोजिएको प्रष्टीकरण दिइसकेकी छन्। आफूविरुद्ध छोराहरुले दिएको मुद्दाबारे भने उनले कुनै प्रतिक्रिया जनाएकी छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *