यी हुन एम.एम.एस लिक भएर लज्जित भएका बलिउडका चर्चित अभिनेत्रीहरु।सबैको एक झलक भिडियोमा हेर्नुहोस्

सेलिब्रिटी

काठमान्डौ:केही दिन अगाडि भोजपुरी अभिनेत्री त्रिशाकर मधुको एम एम एस (एक निजी भिडियो) लिक भएको थियो। जसको कारण उनी सबैतिर आलोचित भएकी थिइन्। त्यो मामिला नसेलाउदै अर्की अभिनेत्री प्रियंका पण्डितको एम एमएस लिक भयो ।जसका कारण उनले सामाजिक संजालमा थुप्रै आलोचना खेप्नु पर्यो ।यी त उदाहरण मात्र हुन् । एमएमएस काण्डमा बलिउड कतिपय अभिनेत्री परेका छन् ।जसले उनीहरु लाई अप्ठ्यारोमा पारेको छ । केही अभिनेत्रीले एमएमएस नक्कली भनेर प्रहरीमा उजुरी समेत दिएका थिए । अहिले चर्चा ती अभिनेत्रीको गर्न खोजिएको छ। जसको एमएमएस बाहिर आएको थियो।

करीना कपुर र शाहिद कपुर:करीना कपुर र शाहिद कपुर कुनै समय बलिउडमा सबैभन्दा लोकप्रिय जोडी मध्ये एक थिए । दुबैको एक भिडियो लिक भएको थियो । जसमा दुबै एक अर्काेलाई किस गर्दै देखिएका थिए । भिडियो सार्वजनिक भएपछि दुबै चर्चामा आए । यद्यपि, दुबै अव विवाहित छन्।

रिया सेन र अश्मित पटेल:रिया सेन र अश्मित पटेलको नाम पनि एमएमएस काण्डमा जोडिएको थियो । उनीहरु दुबैको निजी क्षणको अर्धनग्न भिडियो भाइरल भएको थियो । जसका कारण उनीहरुको धेरै आलोचना भयो।

मल्लिका शेरावत:मल्लिका शेरावत फिल्म अभिनय भन्दा बढी हट एण्ड बोल्ड अवतारका कारण चर्चित छिन् । उनले कयौ फिल्ममा बोल्ड सिन दिएकी छन् । उनी एक एमएमएस स्क्यान्डलको कारणले पनि चर्चामा छाएकी थिइन्।

हंसिका मोटवानी:टिभीमा बालकलाकारको रुपमा आएकी हंसिका मोटवानी पनि एमएमएसको शिकार भएकी छन् । वास्तवमा, एउटा भिडियो लीक भएको थियो जसमा बाथटबमा नुहाइरहेकी युवतीलाई हंसिका मोटवानी भनिएको थियो । पछि हंसिकाले उक्त भिडियो नक्कली भनिन् । तर यो नक्कली भिडियोको कारण उनलाई सबैतिरबाट गलत नजरले हेर्न थाले ।

मोना सिंह:अभिनेत्री मोना सिंहको एउटा भिडियो पनि भाइरल भयो । २३ सेकेन्डको भिडियो इन्टरनेटमा सन्नसनी मच्चाउको थियो । तर मोनाले उक्त भिडियो आफ्नो नभएको बताएकी थिइन् ।

वीना मलिक:अभिनेत्री वीना मलिकको अभिनेता रञ्जन वर्मासँंगको एक व्यक्तिगत भिडियो भाइरल भएको थियो । भिडियो निकै चर्चा भएको थियो ।सोहा अली खान:अभिनेत्री सोहा अली खानले पनि एमएमएस काण्डको सामना गरेकी थिइन् । उनको एउटा भिडियो भाइरल भएको थियो । जसमा उनी सैलुनमा लुगा फेर्दै गरेको देखिएकी थिइन् । स्रोतः अमरउजाला

Leave a Reply

Your email address will not be published. Required fields are marked *