ट्रायल दिंदै हुनुहुन्छ भने आयो अत्यन्तै खुसीको खबर।पास हुनेबित्तिकै हातमा लाइसेन्स पाईने?

समाचार

काठमाडौँ–यातायात व्यवस्था विभागले नयाँ स्वास्थ्य मापदण्ड बनाएर सवारी चालक अनुमती पत्र (लाइसेन्स) को परीक्षा संचालनमा ल्याउने भएको छ ।कोभिड-१९ को महामारीको कारण सरकारले जारी गरेको निषेधाज्ञासँगै गत बैशाख १६ गतेदेखि बन्द रहेको लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा संचालन गर्न मापदण्ड बनाइरहेको यातायात व्यवस्था विभागका प्रवक्ता डा‍. लोकनाथ भुसालले जानकारी दिए ।लोकसेवा, त्रिभुवन विश्वविद्यालय लगायतले पनि मापदण्ड बनाएर परीक्षा संचालन गरिरहेकोले लाइसेन्सको पनि त्यस्तै मोडेलमा परीक्षा हुने उनले बताए ।

‘हामीले यातायात कार्यालयका प्रमुखहरुसँगपनि छलफल गरेर मापदण्ड बनाइरहेका छौं । धेरै भिडभाड नगराई, सामाजिक दुरी कायम गराएर, सीमित मान्छेलाई मात्र राखेर, एउटा सिफ्टमा ४०/५० जना मात्र हुने गरेर परीक्षा गराउने तयारी छ,’ उनले भने ।मापदण्ड बनाउने कार्य अहिले ग्राफ स्टेजमै रहेको र केही दिनमै फाइनल गरेर सीसीएमसीमा पठाइने भुसालले जानकारी दिए ।

‘मापदण्ड केही दिनमै सीसीएमसीमा पेस गर्छौं त्यहाँबाट स्वीकृत भएपछि परीक्षा लिन्छौं,’ उनले भने । विभागका अनुसार हाल करिब ६ लाख जनाले अनलाइन फारम भरेर लिखित र प्रयोगात्मक परिक्षाको पर्खाइएमा छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *